काठमाडौं / सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति उम्मेदवार घोषणा गर्ने बेलासम्म आइपुग्दा हराएको छ । केन्द्रबाट सत्ता गठबन्धनबीच महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट गरेर संयुक्त उम्मेदवार चयन गरिए पनि अधिकांश नगरपालिका र गाउँपालिकामा संयुक्त उम्मेदवार चयन कार्य अघि बढेन । केन्द्रबाट ७७ जिल्लाको ७ सय ५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने समझदारी भए पनि स्थानीय तहमा केन्द्रको समझदारी कार्यान्वयन हुन नसकेको हो ।
सत्ता गठबन्धनबीच स्थानीय तहमा समयमा नै निर्णय नभएका कारण सत्ता गठबन्धनका दलहरूलाई सोमबारसम्म पनि उम्मेदवार चयनमा निकै सकस परेको थियो । स्थानीय तहमा सत्ता गठबन्धनबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएसँगै सत्ता गठबन्धनका शीर्ष नेताहरूले लिएको नीति विफल बन्न पुगेको हो । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएको महानगर र उपमहानगरपालिकामा पनि सत्तारूढ दलबाटै बागी उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनमा शीर्ष तहमा अन्तिमसम्म कोसिस भए पनि अपेक्षाकृत रूपमा गठबन्धन हुन नसकेको निष्कर्ष सत्ता गठबन्धनका दलहरूले निकालेका छन् ।
सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले केन्द्रबाट महानगर र उपमहानगरपालिकामा चुनावी तालमेल गरे पनि नगरपालिका र गाउँपालिकामा अपेक्षाकृत रूपमा गठबन्धन गर्न नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘हामीले तल्लो तहसम्म नै गठबन्धन गरेर जाने सोच बनाएका थियौं, गठबन्धन गर्नका लागि पार्टीको मात्र कुरा भएन, जनताको भूमिकाको विषय पनि जोडियो, जहाँ–जहाँ सम्भव भयो त्यहाँ गरियो ।’
सत्ता गठबन्धनले महानगर र उपमहानगरको निर्णय गरेर नगरपालिकामा चुनावी तालमेल गर्न प्रदेश स्तरको संयन्त्रलाई अधिकार दिएको थियो । गठबन्धनमा आबद्ध राजनीतिक दलको संयन्त्रले हस्तक्षेप गरेर केही जिल्लामा गठबन्धन गरे पनि अधिकांश जिल्लामा उक्त समयन्त्रले काम गर्न सकेन । नेता गुरुङले केन्द्रबाट हस्तक्षेप गरेर मात्र सम्पन्न हुने विषय नभएको र समय पनि अभाव भएकाले सबै स्थानीय तहमा गठबन्धन सम्भव नभएको बताउनुभयो ।
सत्ता गठबन्धनमा आबद्ध दलमध्ये अधिकांश स्थानीय तहमा कांगे्रस र माओवादीबीच गठबन्धन निर्माण भएको छ । कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा नेकपा एकीकृत समाजवादी भने रुष्ट बनेको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले आ–आफ्नो प्रभाव क्षेत्रमा एक्लाएक्लै उम्मेदवारी दिएका छन् । एक्लै जित्न नसक्ने ठाउँमा भने सत्ता गठबन्धन दलबीच चुनावी तालमेल भएको छ । सत्ता गठबन्धनको केन्द्रको निर्देशनअनुसार घोषित रूपमा नेकपा एमालेसँग भने सत्ता गठबन्धनमा आबद्ध दलले चुनावी तालमेल गरेका छैनन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले स्थानीय तहको आवश्यकताअनुसार मात्र गठबन्धन बनेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हरेक स्थानीय तहको चाहना र आवश्यकताअनुसार गठबन्धन गर्ने हो, सम्भव भएको ठाउँमा गठबन्धन बन्यो, आवश्यकता नभएको ठाउँमा गठबन्धन बन्न सकेन ।’यसैबीच, सत्ता गठबन्धनले उम्मेदवारी टुंगो लगाएर उम्मेदवारी दर्ता गराएको स्थानीय तहमा सत्ता गठबन्धनबाट बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन चेतावनी दिइएको छ । केन्द्रमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले बागी उम्मेदवारको सूची तयार गरिरहेका छन् । उक्त सूचीका आधारमा गठबन्धनको विरुद्ध दिएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिने र उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने भएको छ । जसपाका नेता एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले गठबन्धनले साझा उम्मेदवारी बनाएको स्थानीय तहमा बागी उम्मेदवारी दिनेहरूलाई फिर्ता लिन निर्देशन दिइने बताउनुभयो । (न्यूजअफ नेपालबाट)
- ADVERTISEMENT -

- ADVERTISEMENT -

अधिकांश स्थानीय तहमा लागु भएन गठबन्धनको सहमति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













