April 20, 2025

निर्वाचनका एक करोड ७७ लाख मतपत्र छपाइ

April 28, 2022
Sketch Sample
- ADVERTISEMENT -

काठमाडौं / निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको जनाएको छ । आयोगका अनुसार, देशभरका ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनका आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले सो जानकारी दिएका हुन् । साथै उनले हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ३३ हजार मतपत्र ढुवानी गरिएको पनि जानकारी दिए । आयोगका प्रणालीमा हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन दर्ता भएको पनि जानकारी दिए ।
मतदान तथा निर्वाचनको काम गर्न बैशाख २८ गतेदेखि ३० गतेसम्म मतदान स्थल र मतदान स्थल रहेका विद्यालय उपयोग गर्न तीन दिन विद्यालय बन्द हुने आयोगले जनाएको छ । तीन दिन ती विद्यालयमा वैकल्पिक विधिबाट अध्ययन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ । साथै मतदान केन्द्रका रुपमा प्रयोग हुने भवन उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ । आयोगले मतदानका दिन सार्वजनिक विदा दिन मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

- ADVERTISEMENT -