चितवन / चितवनका होटल व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणसँग चौबिसै घण्टा होटल संचालन गर्न पाउनु पर्ने माग गरेका छन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ तथा होटल व्यवसायी संघ चितवनको टोलीले गृहमन्त्री खाँणसँग बिहीबार चौबिसै घण्टा होटल संचालन गर्न पाउनु पर्ने माग गरेका हुन् ।
चितवन सबै कोणबाट ट्रान्जिट पोन्ट भएकाले रातिका समयमा कसैलाई पनि यात्रामा समस्या नहोस् भन्नका लागि २४सै घण्टा होटल व्यवसाय संचालन गर्न पाउनु पर्ने उनीको माग छ । नारायणगढ, भरतपुरलगायतका बजारमा रातका समयमा यात्रुहरुले खाना, बस्नको समस्या भोग्नु पर्ने अवस्था आएको भन्दै रातभर नै सुरक्षित तवरले व्यवसाय संचालन गर्न दिनु पर्ने संघका अध्यक्ष दिलकुमार श्रेष्ठले बताए ।
गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन पश्चात २४सै घण्टा होटल व्यवसाय संचालन गर्न दिने बारे निर्णय गरिने आश्वासन दिए । उनले निर्वाचनको समय भएकाले शान्ति सुरक्षालाई ध्यानमा राख्दै हाललाई तोकिएकै समयभित्रमा व्यवसाय बन्द गरिदिन आग्रह गरेका थिए । उनले निर्वाचन पश्चात व्यवसायीहरुले जिम्मेवारीपूर्वक व्यवसाय संचालन गर्ने सुनिश्चित गरि छिमेकीलगायत कसैलाई पनि समस्या नहुने गरी सहयोग गर्ने वचनबद्धता गरे ।
भेटघाट कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण भट्ट, सह–कोषाध्यक्ष ऋषिकेश अर्याल, सचिवालय सदस्य तथा होटल व्यवसायी संघ नारायणढ बजार इकाईका अध्यक्ष एवं ८ इकाईका संयोजक समेत रहेका कृष्ण महतोलगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा चौविसै घण्टा होटल संचालनका लागि व्यवसायीको माग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











