![]()
चितवन । भरतपुर वडा नं. १६ मा पाँच दलिय गठबन्धन दलले घरदैलो तिब्र पारेका छन् । गठबन्धन दल भरतपुर वडा नं. १६ का वडाअध्यक्ष पदका उमेदवार नेपाली कांग्रेसका अमृतराज हमालसहितका सदस्यहरुले सोमबार घरदैलो कार्यक्रम गरेका हुन ।
हमालले प्रत्येक घरमा पुगेर सबै मतदाताहरुलाई गठबन्धनका उमेदवारलाई मतदान गर्न आग्रह गरेका थिए । आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण गठबन्धनका उमेदवारलाई मतदान गर्न उनले आग्रह गरेका हुन् ।
हमाल यसअघि पनि भरतपुर वडा नं. १६ का पूर्व वडाअध्यक्ष हुन भने आफ्नो कार्यकालमा वडावासीको सबै खाले समस्यालाई सुक्ष्म ढंगले समाधान गरेको उनी बताउँछन् । उनी करिब साढे २ वर्ष वडाअध्यक्ष भएका हुन् ।

घरदैलो कार्यक्रममा कांग्रेसबाट महिला सदस्यमा दुर्गा सोडारी, कांग्रेस सदस्य मिनबहादुर लामा, नेकपा एकीकृत समाजवादी सागर बोहोरा खुल्ला सदस्य, नेकपा माओवादी सिर्जना सुनार सहभागी थिए ।
देशैभर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त गठबन्धन गरी चुनावमा होमिएका छन् । गठबन्धनले शिवघाटबाट घरदैलो सुरु गरेका हुन् भने फुर्तिचोक, टिकलधारा, छहारीचोक, घु्रम्तीचोक, मोहनपुर स्कुल, भँगेरी थानसम्म घरदैलो गरेको नेकपा एकीकृत समाजवादी वडा नं. १६ का राजु थापाले जानकारी दिए ।
- ADVERTISEMENT -

















































