चितवन / चितवनमा करिब डेढ महिनाको अन्तरालमा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टा दुई जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार २३ जनामा कोरोना परीक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । पिसिआर र एन्टिजेनबाट समान एक–एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरु दुबै जना भरतपुर महानगरपालिका भित्रका संक्रमित भएको बताइएको छ । उनीहरु दुबै संक्रमित होम आइसोलेसनमा रहेका छन् । गत चैत दोस्रो सातायता चितवन कोरोना मुक्त भएको थियो । नयाँ संक्रमित भेटिएसँगै जोखिम पुनः बढेको छ ।
चितवनमा देखियो २ जनामा कोरोना संक्रमण
May 3, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
