नवलपरासी / नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
प्रहरीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक लागूऔषध बरामद गरेपछि निजहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका दुबै जनाविरुद्ध लागूऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको छ ।
नवलपरासीमा लागूऔषधसहित दुई भारतीय पक्राउ
May 4, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
