April 20, 2025

रेनु दाहालले भने, – महानगरमा रोजगारी बैंक बनाउँछौँ’

May 5, 2022
- ADVERTISEMENT -

चितवन / पाँच दलीय गठबन्धन भरतपुर महानगरको मेयर पदका उम्मेदवार रेनु दाहालले महानगरमा रोजगारी बैंक स्थापना गरिने बताए । पाँच दलिय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मेयर पदका दाहालले महानगर क्षेत्रमै सबैलाई रोजगारी पाउने वातावरण बनाउन लागिपर्ने बताए ।
उनले स्वदेशी तथा विदेशी लगानी भित्र्याउन लागिपर्ने बताए । महानगरमा लगानीमैत्री वातावरण बनाइने उनको भनाइ छ । दाहालले पूरा हुन नसक्ने आश्वासनहरु नदिइने बताए ।
“जे बोल्छौँ, त्यहि पूरा गर्छौं“, उनले भने, “ठूला आश्वासनका पोकाहरु बाँड्दैनौँ ।“ उनले ५ वर्ष महानगरमा विकास लहर ल्याएको बताउँदै अधुरा केही महत्वपूर्ण योजनाहरुलाई पूर्णता दिने बताए । उनले साझा जनप्रतिनिधिका रुपमा रहेर काम गर्ने बताए ।

- ADVERTISEMENT -