२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशलाई स्थीरता तर्फ लैजान गठबन्धन आवश्यक छ : पौडेल

प्रकाशित मिति : २०७९ बैशाख २२ गते
file photo.
- ADVERTISEMENT -

चितवन / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन अहिलेको आवश्यकता रहेको बताएका छन् ।
आज (बिहीबार) भरतपुरमा सत्ता गठन्बन्धनले आयोजना गरेको चुवानी सभालाई सम्बोधन गर्दै उनले देशलाई स्थीरता तर्फ लैजान गठबन्धन आवश्यक रहेको तर्क राखे । उनले देशमा केपी ओलीले तानासाही लाद्न खोजेकोले अहिले पाँच दलिय गठबन्धन गरिएको समेत स्पष्ट पारे ।
उनले पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला आफुले गठबन्धनको आह्वान गरेको बताए । ‘मलाई साथीहरुले त शेरबहादुर जिसँग मिल्न गईस् भने, उनले भने,’शेर बहादुर जिले भन्दा पहिला मैले हो गठबन्धनको आह्वान गरेको ।’
केन्द्रसम्म गठबन्धनको सरकारलाई स्थानीय तहबाट नै गठबन्धनको अभ्यास गरिएको समेत उनको भनाइ थियो । यस्तै उनले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले गठबन्धनको आवश्यकता र तर्क बुझ्न नसकेको बताए । उत्तेजना र भावनामा बगेर जगन्नाथ पौडेलको समूह चुनावमा उत्रिएको बताए ।
‘मैले जगन्नाथ जिसँग भेटे । जगन्नाथ जिहरुले धैर्यता राख्न सक्नु भएन । उहाँहरु तर्कको सामना गर्न सक्नुभएन । उत्तेजना र भावनामा बगेर उत्रिनु भयो ।’ उनले कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग नभई ओलीसँग भएको बताए । ‘
उनले अघि भने, ‘हाम्रो प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्ड जिसँग होइन । केपी ओलीसँग हो । ओली प्रवृतिसँग हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -