Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्थानीय तह निर्वाचन : चितवनमा ल्याइयो चार लाख ३४ हजार मतपत्र

प्रकाशित मिति : २०७९ बैशाख २४ गते
Sketch Sample

चितवन / स्थानीय तह निर्वाचन बैशाख ३० गतेका लागि चितवन जिल्लामा मतपत्र आइपुगेको छ । भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार भरतपुरको लागि ४१० बण्डल र भरतपुरबाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो । एउटा बण्डलमा ५०० वटा मतपत्र रहेको बताइएको छ । निर्वाचन आयोगले चितवनका मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत अर्थात ३६ हजार ३१५ बढी मतपत्र पठाएको हो । जिल्लामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ ।
आयोगले आफ्नो नीति अनुसार नै मतदाताको संख्या भन्दा केहि बढी मतपत्र पठाएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । ‘आयोगकै नीति अनुसार चितवनमा पनि केहि बढी मतपत्र आइपुगेको छ’, उनले भने ।
प्याकिङ भएर आएको मतपत्रको बण्डलभित्र प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने भएकाले आयोगले करिब १० प्रतिशतबढी मतपत्र पठाउने गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ‘बण्डलमा मसि लतपतिएका, प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने आयोगले विगतमा जस्तै करिब १० प्रतिशत बढी मतपत्र पठाएको हो’, उनले भने ।
भरतपुर महानगरपालिकाको लागि दुई लाख पाँच हजार मतपत्र आएको छ । भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरबाहेक ६ पालिकाको लागि दुई लाख २९ हजार मतपत्र आइपुगेको छ । छ पालिकामा दुई लाख ११ हजार ९३३ मतदाता छन् ।
भरतपुरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन् । तर उमेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै छन् । ३६औँ नम्बरको लाइनमा राखिएको चुनाव चिह्न कुनै पनि उमेदवारको होइन ।
आयोगले मतपत्रको आकार मिलाउनका लागि मतपत्रको अन्तिम लाइनमा उमेदवार नै नभएको चिह्न राखेर पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए । ‘भरतपुरमा मात्रै हो एउटा चुनाव चिह्न बढी भएर आएको । अरु पालिकाको मतपत्रमा झन् पाँच÷दश वटा चिह्न बढी राखेर पठाइएको छ’, उनले भने ।
सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । २७ वैशाखमा सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपत्र दिएर पठाइने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । ‘मतदान केन्द्रको लागि चाहिने मतपत्र छुट्टाएर पोको पार्छौँ र सम्बन्धित मतदान अधिकृतलाई जिम्मा लगाउँछौँ’, उनले भने, ‘मतपत्रको ढुवानी नेपाली सेनाले गर्छ ।’
मतपत्रको सुरक्षाको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । मतदान केन्द्रमा मतपत्र पुगिसकेपछि प्रहरीको सइ वा असइको कमाण्डमा मतपत्रको सुरक्षा गरिन्छ ।
मतदानको दिन ३० वैशाख बिहान दलका प्रतिनिधिहरुको रोहवरमा मतपत्रको पोको खोलिने उनले बताए । मतदानको समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म रहेको छ । चितवनमा १६१ वटा मतदान स्थल र ४५१ वटा मतदान केन्द्र छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51