भरतपुर / भरतपुर महानगरपालिका वडा नम्बर २ अन्तर्गत सुकुम्बासी टोल अन्तर्गत इन्द्रेणी टोल र मिलन टोलमा गठबन्धनका उम्मेदवारहरुले घरदैलो गरेका छन् । उनीहरुले दुबै टोल गरी करीब २५० घरदैलो भूमिहिनसंँग शनिबार मत मागेका हुन् ।
सधैँभरि निराश हुने सो टोलमा गठबन्धनको उमेद्वारसहित नेता कार्याकर्ताले भेटेपछि उनीहरु उत्साहित भएका छन् । बत्तीको मुनिको अँध्यारो जस्तो देखिने त्यो टोलमा दशकौंदेखि भुमिहिनले बसोबास गर्दै आएका छन् ।
अघिल्ला निर्वाचनमा दुःखी भएका र असन्तुष्टि देखिएका उनीहरु केही महिनादेखि भूमि आयोग, चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा लालपुर्जा र निस्सा वितरण गरेपछि खुशी भएका हुन् ।
घरदैलो गर्ने क्रममा इन्द्रेणी टोलमा साढे ४ दशकदेखि बस्दै आएका सुकबहादुर तामाङ्ग निस्सा पाइसकेको र लालपुर्जा आउने क्रममा रहेको बताए । ‘निस्सा त पाइसक्यो, अब चुनावपछि लालपुर्जा पाइएलानी ।’ – तामाङ्गले भने । बर्षौदेखि जग्गा नपाएर अहिले बल्ल रेनु दाहाल र प्रचण्डको पहलमा आफूले निस्सा पाएको उनको भनाइ छ ।
‘हामीले बस्न खान पाउनु पर्यो, अरु भनेको देशको विकास हुनुपर्यो । ’तामाङ्गले भने । उनीजस्तै अर्की भूमिहिन पूर्णमाया तामाङ्ग पनि जग्गाको निस्सा पाएर दंग छिन ।
वडा अध्यक्ष मनोज रानाभाटसहित गठबनन्धन घरदैलोमा आउंँदा उनले अबीर लगाएर स्वागत गरिन् । सो क्रममा उनले प्रतिक्रिया दिदै भनिन्, ‘हामीलाई अब पनि मेयर रेनु दाहाल चाहिन्छ, वडामा मनोज रानाभाट नै चाहिन्छ । अरुलाई भोट दिदैनौं ।’ वडा अध्यक्षका उम्मेदवार मनोज रानाभाट जित्दा समग्र सुकुम्बासी को हित हुने उनीहरुको तर्क छ ।
सो टोलका सचिव सानुरामु वडा अध्यक्षका उम्मेदवार रानाभाटले कोरोनाको समयमा सबै सुकुम्बासीहरुलाई राहत सामाग्री तथा आयआर्जनका लागि कुखुराका चल्लाहरु वितरण गर्नुभएकोले जित भएपछि सुकुम्बासीले थप सहयोग आशा गरेको बताए ।
‘अहिले भरतपुर महानगरपालिका रेनु दाहालले विकास प्रेमी भएको र वडा अध्यक्ष युवा जोश जांँगर भएको समाज सेवाप्रेमी भएकोले पनि रानाभाटलाई भोट दिन्छौं, दिनुपर्छ ।’ – रामुले भने ।
सो क्रममा बोल्दै वडा अध्यक्ष उमेद्वार रानाभाटले आफूले गरेका प्रतिबद्धता पुरा गर्ने वाचा गरे । ‘मेरो यो टोलमा सानैदेखि रगत पसिना भिजेको छ । मैले सक्दो सहयोग पनि गर्दै आएको छु । त्यसैले पनि उहांँहरुले भारी मत दिएर जिताउनु हुनेछ ।’ रानभाटले भने ।
भूमिहिनको पूर्णसाथ सहयोग र उनीहरु उत्साहित भएकोले पनि आफ्नो जित सुनिश्चित रहेको उनको भनाइ छ ।
चितवन आंँपटारीका भुमिहिनको माग रेनु र मनोज
May 8, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
