चितवन / भरतपुरमा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएको छ । हिजो साँझ ७ः३० बजे भरतपुर महानगरपलिका वडा नम्बर १२ मिलनचोकका अन्दाजी ३० ÷३२ बर्षका अनिल परियारको धारिलो हतियार प्रयोग गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
उनलाई भरतपुर महानगरपलिका कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नेपाली काङ्ग्रेस वाग्मती प्रदेश प्रतिनिधि एवम् पुर्व दलित संघ चितवनका जिल्ला सदस्य रहेका थिए ।
प्रहरीका अनुसार परिवारलाई एक जना साथीले फोन गरी भेट्न बोलाएर आएका थिए । तर उक्त व्यक्ती को हुन्, उनको के कारणले हत्या भयो भन्ने बारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा कांग्रेस बागमती प्रदेश प्रतिनिधि परियारको हत्या

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













