२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्थानीय तह निर्वाचन : ७२ घण्टा सीमा नाका बन्द

प्रकाशित मिति : २०७९ बैशाख २६ गते
- ADVERTISEMENT -

काठमाडौं / सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार राति १२ बजेदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।
मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनी सकिएको गृह मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्दछ । मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुडाउन पाइने छ । स्थानीय तह निर्वाचन यही बैशाख ३० गते हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -