April 26, 2025

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

May 9, 2022
Sketch
- ADVERTISEMENT -

बाँके / बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ८ गल्लि कुटानमा सोमबार भे १० प २७८४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोमबार बिहान दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र सोही मोटरसाइकलमा पछाडी सवार २५ वर्षीय किशोर बसौली रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रि भई पल्टिएर दुर्घटना हुँदा उनीहरु गम्भीर घाइते भएका थिए ।
घाइते दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -