March 15, 2025
- ADVERTISEMENT -

स्थानीय तह निर्वाचन : परिचय खुल्ने कागजातबाट मतदानको व्यवस्था

May 12, 2022
file photo.

काठमाडौं / निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन भोलि शुक्रबार (बैशाख ३० गते) हुँदैछ ।
आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने बुधबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो ।
‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइ सकिएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -