Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मिक्लाजुङमा शक्तिशाली विष्फोट, स्थानीय त्रसित

प्रकाशित मिति : २०७९ बैशाख २९ गते
File photo.

विराटनगर / स्थानीय तह निर्वाचनको सम्मुखमा मोरङको दुर्गम मिक्लाजुङ गाउँपालिकामा बुधबार राति शक्तिशाली विष्फोट भएको छ । बम विष्फोट गराइएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार विष्फोट गराइएको स्थानको पहिचान हुन बाँकी छ । मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठका अनुसार राति ११ देखि १२ बजेको बीचमा विष्फोटको ठूलो आवाज आएको थियो । ‘रातको समयमा कहाँ विष्फोट गराइएको हो भन्ने यकिन भइसकेको छैन,’ उनले भने, ‘विष्फोटको घटनापछि स्थानीय त्रसित बनेका छन् ।’
यसैबीच मिक्लाजुङ–१ बर्खेमा बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा प्रेसर कुकर फेला परेको हो । खतरा भनेर लेखिएको र तारहरु बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कुकर भेटिएको सडकमा दुईवटा बाँस पनि तेस्र्याइएको छ। शंकास्पद वस्तु भेटिएको जानकारी आउनसाथ नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेर प्रहरीले घटनास्थलाई सुरक्षित राखेको श्रेष्ठले बताए। अहिले सेनाको टोली घटनास्थलतर्फ जाँदै छ ।
सडकमा शंकास्पद तरिकाले राखिएको प्रेसर कुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । प्रहरीका अनुसार उक्त वस्तु भेटिएको स्थान मिक्लाजुङको रमितेबाट लगभग १२ किलोमिटर पूर्वतर्फ पर्छ । उक्त स्थान उर्लाबारीबाट भने ३२ किलोमिटर उत्तरमा पर्छ ।
‘बर्खे भन्ने स्थानमा राति विष्फोट गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यही ठाउँ आसपासमा भोलिपल्ट बिहान बमजस्तो देखिने प्रेसर कुकर भेटिएको छ।’ प्रहरीले निर्वाचन विरोधी समूहले विष्फोट गराएको र सडकमा शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरेको छ । (यो समाचार किशोर बुढाथोकीले अन्नपूर्णपोष्टमा लेखेका छन् ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42