२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आठ दिनमा काठमाडौं छाड्ने पाँच लाख बढी

प्रकाशित मिति : २०७९ बैशाख २९ गते
File Photo.

काठमाडौं / भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् ।
जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ ।
स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट मात्रै विगत आठ दिनमा करिब ५ लाख व्यक्ति विभिन्न जिल्ला फर्किएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी बालनरसिंह राणाका अनुसार २१ वैशाखदेखि २८ वैशाख साँझ ५ बजेसम्म ६६ हजार ६ सय २५ वटा विभिन्न प्रकारका सवारीसाधनबाट ४ लाख ३५ हजार ४ सय १ जना काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन् । बुधबार मात्रै एकै दिन काठमाडौं उपत्यकाबाट ६७ हजार ५ सय ५४ जना बाहिरिएको डीएसपी राणाले जानकारी दिए ।
स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएका छन् भने ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् । सबै गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार निर्वाचनका लागि प्रतिस्पर्धामा छन् ।
मुलुक संघीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको निर्वाचन आयोगले बताएको छ । यसअघि मुलुक संघीय संरचनामा आएपछि पहिलोपटक २०७४ मा स्थानीय तह निर्वाचन भएको थियो ।
आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदानस्थल निर्धारण गरेका छ । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम छन् ।
स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।
यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् ।
निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी खटाएको छ । यस्तै, निर्वाचनमा ६५ हजार ८ सय ६५ स्वयंसेवक पनि खटिएका छन् भने निर्वाचनमा ५ हजार पर्यवेक्षकले पर्यवेक्षण गर्न अनुमति पाएका छन् ।
आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, बाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20