डडेल्धुरा / प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।
मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।
यस्तै चितवनको इच्छाकामना गाउँपालिका पूर्व अध्यक्ष एवं हाल गठबन्धनबाट अध्यक्ष उम्मेद्वार रहेकी गीता कुमारी गुरुङले माझगाउँ मावि मतदान केन्द्रबाट मतदान गरेकी छिन् । उनले आज (शुक्रबार) बिहान ७ बजे पहिलो मतदान गरेकी हुन् ।
उनले मतदान गरेपछि सो मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको हो ।
प्रधानमन्त्री देउवाद्वारा मतदान
May 13, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
