April 22, 2025

रत्ननगरमा मत गणना सुरु, मत परिणाम आउँदै

May 14, 2022
- ADVERTISEMENT -

रत्ननगर / रत्ननगर नगरपालिकामा मतगणना सुरु भएको छ । रत्ननगर नगरपालिकाको कार्यालयमा शनिबार विहान १० बजेदेखि मतगणना सुरु भएको हो ।
गणना वडा नम्बर १ बाट सुरु गरिएको निर्वाचन अधिकृत बिनोद कुमार गौतमले जानमारी दिए बताए । मेयरमा नेकपा एमालेबाट विमलादेवी दवाडी,नेपाली कांग्रेसबाट प्रल्हाद सापकोटा, राप्रपाबाट हरिकृष्ण भट्टराई, राष्ट्रिय जनमोर्चाबाट इन्द्रप्रसाद पाध्य पौडेल, नेकपा मालेबाट तबहादुर विक,राप्रपा नेपालबाट बलराम आचार्य,नेपाल मजदुर किसान पार्टीबाट पुनाराम शर्मा, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट धनबहादुर थिङ,संजिव कुमार मिश्रले उमेदवारी दिएका छन् ।
उपमेयरमा नेकपा एमालेबाट यादबप्रसाद पाठक, नेकपा एकीकृत समाजबादीबाट बद्रिनाथ घिमिरे, राष्ट्रिय जनमोर्चाबाट चन्द्रकला क्षेत्री, जनता समाजबादी पार्टीबाट गोमादेवी देवकोटा, राप्रपाबाट विमला चौधरी, राप्रपा नेपाल नेपाल बाट रसिला खड्की, मंगोल अर्गनाइजेशन पार्टीबाट इश्वरी गुरुङ र स्वतन्त्रबाट विरञ्जना घिमिरे सापकोटाले उम्मेदवारी दिएका छन् । सो नगरपालिकामा मेयर उपमेयर सहित ८२ को लागि ४०६ जनाको उमेदवारी परेको छ ।

- ADVERTISEMENT -