भरतपुर / स्थानीय तह निर्वाचन मतगणनाको पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । हालसम्म ९४४२ मतगणना हुँदा एमालेका विजय सुवेदीले ३३४२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धन माओवादीका रेनु दाहालले ३३२७ मत ल्याएका हुन् । सोमबार बिहान यो समाचार तयार पारुन्जेल उनीहरुबीच १५ मतान्तर रहेको छ ।
एमालेका सुवेदीले गठबन्धनकी उम्मेदवार दाहालसँग कडा प्रतिस्पर्धा गर्दै १५ मतको अग्रता बढाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२०४ मत ल्याएका छन् ।
भरतपुर महानगरपालिकामा अहिलेसम्म दुई वडाको परिणाम सार्वजनिक भइसकेको छ भने दुबैमा कांग्रेसका उमेदवारहरु विजयी भएका छन् ।
यस्तै अहिले वडा नम्बर ३ को मतगणना जारी छ भने वडाध्यक्षमा एमालेका विकास थापाले अग्रता लिएको छ । एमालेका थापाले ६७७ मतले अग्रता लिएका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धन कांग्रेसका भरत लामिछानेले ४२९ मत प्राप्त गरेका छन् । थापा र लामिछाने बीच २४८ को मतान्तर रहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुरको मेयरमा कडा प्रतिस्पर्धा, वडा नं. ३ मा एमालेबाट थापाको अग्रता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












