April 26, 2025

चितवन कांग्रेसको ३ नं. गढ भत्कियो, थापाले लिए पुरानो बदला

May 16, 2022
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका वडा नं. ३ को वडाअध्यक्षमा विकास थापा विजयी भएको छ । थापा एमालेका उमेदवार हुन् भने उनका प्रतिद्वन्द्वी पाँच दलिय गठबन्धन नेपाली कांग्रेसका भरत लामिछाने हुन् ।
एमालेका थापाले १ हजार ६६६ मत प्राप्त गरेका थिए भने कांग्रेसका लामिछानेले १ हजार ४९ मत मात्र प्राप्त गरेका हुन् । थापाले लामिछानेलाई ६१७ मतान्तरले पराजित गरेको हो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा वडा सदस्यमा लामिछानेले थापालाई हराएका थिए तर यसपटक थापाले लामिछानेलाई पराजित गर्न सफल भएका छन् । यससँगै कांग्रेसको गढका रुपमा चिनिएको भरतपुर ३ हालको चुनावले भत्काउन सफल भएको हो ।
टिकट वितरणमा बढेको विवाद सही ढंगले समाधान नभएकै कारण कांग्रेसको गढ भत्किएको स्वयम् कांग्रेसकै नेताहरुको भनाइ छ । भरतपुर ३ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी हुँदा कांग्रेस कार्यकर्ताले मत दिएको आंकलन गर्न सकिन्छ ।
नारायणगढको आनन्दमार्ग, संगमरोड, बेलचोक, बा¥हघरे, न्यूरोड, कमलनगरलगायतका टोल पर्ने वडा नम्बर ३ मा सधैँ कांग्रेसले जित्दै आएको हो । २०७४ मा एकल प्रतिस्पर्धामा कांग्रेसका चन्द्रमित्र पण्डित ६९२ मतको अन्तरले विजयी भएका थिए ।

- ADVERTISEMENT -