चितवन / चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा एमालेका खड्कबहादुर तामाङ विजयी भएको छ । वडाअध्यक्षमा खड्कबहादुर तामाङले १०८२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले १०३६ मत ल्याएका छन् । एमालेबाट महिला वडा सदस्यमा मिना कुमारी अधिकारीले ११०८, दलित महिला सदस्यमा रन्जना सुनारले ११००, खुल्ला सदस्यमा कांग्रेसबाट रामकुमार सुवेदीले ११२७ र एमालेबाट लोशन तामाङले १०४१ मत ल्याएर विजयी भएका छन् ।
२०७४ मा नेपाली कांग्रेसले वडा नम्बर ९ मा जितेको थियो भने उक्त वडा कांग्रेसको पक्कड क्षेत्रमा मानिन्छ । अहिले २०७९ मा आएर वडाध्यक्ष सहित ३ जना सदस्य एमालेले जितेको छ । अहिले एक जना वडा सदस्य मात्र कांग्रेसले वडा नम्बर ९ मा पाउन सफल भएको छ ।
राप्तीमा हालसम्म ६, ४, १२, ५, ८ र ९ गरी छ वटा वडाको मतगणना सम्पन्न भएको छ । जसमा ५ वटा वडा एमाले र १ वटा वडा काँग्रेस विजयी भएका छन् । राप्तीमा छ वटा वडाको जम्मा १५,१९२ मत गणना गर्दा मेयरमा एमालेबाट गोविन्द प्रसाद कडेलले ५९११ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले ६४७२ मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा एमालेबाट मेनुका पाठकले ६२७७ र गठबन्धनबाट कांग्रेसका देवेन्द्र लामाले ६४२६ मत ल्याएका छन् । हालसम्म वडा नम्बर ७ को प्रारम्भिक मतगणना भैरहदा अहिलेसम्म गठबन्धनको अग्रता कायम नै छ ।
राप्ती ९ मा एमालेका खड्कबहादुर तामाङ वडाअध्यक्षमा विजयी
May 18, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
