June 20, 2024

गणतन्त्र दिवसमा साहित्यिक कवि गोष्ठी तथा खुल्ला कविता प्रतियोगिता

May 18, 2022
File photo.

चितवन / भरतपुर ११, वाइपासरोड अवस्थित एस एण्ड पी अडिटिङ कम्पनीले साहित्यिक कवि गोष्ठी तथा खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । यही आउँदो जेठ १५ गते परेको लोकतान्त्रिक गणतन्त्र दिवसको अवसर पारेर साहित्यिक कवि गोष्ठी तथा खुल्ला कविता प्रतियोगिता गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार जनआन्दोलनका वीर सपुत, योद्धा, शहीदहरुको सम्झना र आन्दोलनका घाइतेहरुको स्मरणमा उक्त कार्यक्रम लागिएको हो । कम्पनीले यसअघि पनि पत्रकार सम्मेलन मार्फत वीर शहीद तथा घाइतेहरुको योगदानको कदर तथा मूल्याकंनका लागि कवि गोष्ठी तथा खुल्ला कविता प्रतियोगिता गर्ने जानकारी गराइएको थियो ।
उक्त प्रतियोगितामा उत्कृष्ट हुने तीनजनालाई पुरस्कारको व्यवस्था गरिने श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई नगदको समेत व्यवस्था गरिएको छ । साहित्यप्रेमी कवि, शिक्षक, पत्रकार तथा शुभचिन्तक महानुभावहरुलाई प्रतियोगितामा सहभागी हुन श्रेष्ठले आग्रह समेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -