२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा हावाहुरीले ३ जनाको मृत्यु, १० जना घाइते

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते
file photo.
- ADVERTISEMENT -

चितवन / हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको शुक्रबार साँझ मृत्यु भएको थियो । चितवनमा जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षती भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ को भोजाड जंगलमा पदमपुरबाट भरतपुर तर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटो रुखले च्यापिदाँ चालक स्थानीय ५१ वर्षिय प्रदिप कुमार लामाको मृत्यु भएको छ । सोही अटोमा सवार गोरखा गण्डकी गाउँपालिका वडा नम्बर ६ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ कटहर चोक बस्ने २८ वर्षिया माया गुरुङको मृत्यु भएको हो ।
यस्तै सोही समयमा भरतपुरको बसेनी चोकमा ना १ ज ६१४० नम्बरको म्याजिकलाई रुखले किच्दा त्यसमा सवार स्थानीय ४८ वर्षिय लोकनाथ न्यौपानेको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीका कारण बिभिन्न स्थानमा गरी १० जना घाईते भएका छन् । उनीहरुको भरतपुरका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । हावाहुरीका कारण ठाउँठाउँमा बिजुलीका पोल ढल्दा शुक्रबार साँझबाट जिल्लाका धेरै ठाउँमा बिद्युत अबरुद्ध भएको छ ।
साँझ सम्ममा बिधुत प्रबाह हुने गरी काम भईरहेको प्राधिकरणले जनाएको छ । रुख र बिजुलीका पोल ढलेपछि अबरुद्ध बनेका सडक पन्छाई सुचारु गर्ने काम भईरहेको प्रहरीले जनाएको छ । रुख मुनि राखिएका धेरै सवारी साधनमा क्षती पुगेको छ । नारायणी नदीको पुलमा रहेका अधिकांश बिद्युत पोलहरु ढलेका छन् । पुलमा ट्रक पल्टिए पछि सडक अबरुद्ध वनेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -