April 26, 2025

कालिकाका मेयर रेग्मीको तीन महत्वपूर्ण निर्णय

May 23, 2022
- ADVERTISEMENT -

चितवन । कालिका नगरपालिकाका नवनिर्वाचित मेयर बिनोद रेग्मीले आज नगरपालिकामा पदभार ग्रहण गर्दै ३ वटा निर्णयहरु गरेका छन । मेयर रेग्मीले नगर भित्रका कृषकहरुले उत्पादन गरेको दुधमा प्रतिलिटर १ रुपैया अनुदान दिने निर्णय गरेका हुन् ।
किसानहरुले आफुले उत्पादन गरेको दुध सहकारी सस्थामा बिक्री गरेको परिणामका आधारमा सो अनुदान प्राप्त गर्नेछन् ।
त्यस्तै नगरका गरिव तथा अति बिपन्न परिवारले स्वास्थ बिमा गर्नका लागि आबश्यक पर्ने न्यूनतम रकम समेत तिर्न नसक्ने भएकाले सो रकम नगरपालिकाले ब्यहोर्ने गरि उनिहरुको स्वास्थ सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने निर्णय मेयर रेग्मीले गरेका छन।
मेयर रेग्मीले नगरपालिकामा सेवाग्राहीका लागि आबश्यक पर्ने निवेदन लगायतका कागजपत्र निशुल्क उपलब्ध गराई चुस्त दुरुस्त सेवा दिन ब्यस्थित सहायता कक्ष (हेल्प– डेस्क) स्थापना गर्ने निर्णय गरेका हुन ।
सेवाग्राहीहरु नगरपालिकामा सेवा लिन आउँदा अलमलमा पर्नु पर्ने, झन्झट ब्यहोर्न पर्ने हुँदा सो को अन्त्यका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको छ ।
त्यस्तैगरी कालिका नगरपालिकाको उप–प्रमुख बिमला तमाङ तथा ११ वटै वडाका अध्यक्ष तथा सदस्यहरुले पनि आजै बाट पदभार ग्रहण गरि काम थालनी गरेका छन ।

- ADVERTISEMENT -