चितवन / पाँच दलीय गठबन्धनले भरतपुरमा वृहत विजय र्याली निकाल्ने भएको छ । भरततपुर महानगरमा मेयर–उपमेयर जित्ने सुनिश्चित बनेपछि विजय र्याली निकाल्न लागिएको हो । पाँच दलीय गठबन्धन चितवनका संयोजक तथा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भोलि (मंगलबार) विहान १० बजे र्याली निकाल्ने तयारी भएको जानकारी दिनुभयो ।
महानगरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई साझा उम्मेदवार बनाएर सत्तागठबन्धन चुनावमा होमिएको थियो । मेयर–उपमेयर दुबैमा फराकिलो मतान्तर सहित जित नजिक पुगेपछि पाँच दलीय गठबन्धन उत्साहित बनेको छ । भरतपुर महानगरको आजै राती मतगणना कार्य सकिने सम्भावना छ ।
मंगलबार विहान सपथग्रहणको कार्यक्रम सकिए लगत्तै विजय र्याली निकालिने योजनामा कांग्रेस, माओवादी, एकिकृत समाजवादी पार्टीका जिल्ला समितिहरुले तयारी बढाएका छन् । मालपोतचोकबाट सुरु हुने विजय र्याली रामनगर, मेघौलीसम्म पुगेर आउने जनाइएको छ । र्याली पछि गेष्टहाउस चौरमा विजय उत्सव मनाउने योजना रहेको खनालले बताउनुभयो ।
र्याली आँपटारी, रामनगर, जुगेडी, नारायणगढ बजार, बेलचोक, धर्मचोक, डेरिचोक, फनपार्क हुँदै दुर्गाचोक, मंगलपुर, रामपुर हुँदै चनौली, पर्साढाप, मेघौली, जितपुर, शुक्रनगर, जगतपुर, पटिहानी, गितानगर कृष्णपुर लगायतका क्षेत्रमा पुग्ने जनाइएको छ ।
पाँच दलीय गठबन्धनको विजय र्याली हुने
May 23, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
