October 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मूल्यवृद्धिको विरोधमा युवा विद्यार्थीहरुको प्रदर्शन

May 25, 2022

चितवन / एमाले निकट युवा तथा विद्यार्थीहरुले मूल्यवृद्धि खारेजीको माग गर्दै भरतपुरमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल चितवन र अनेरास्ववियु चितवनको आव्हानमा भरतपुरको वीरेन्द्र क्याम्पस चोकमा १ घण्टा चक्काजाम भएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज हुनुपर्ने, नालायक सरकार लेखिएका प्ले कार्ड सहित नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
युवा संघका सचिवालय सदस्य अस्मिन घिमिरेले भारतले कर कटौती गरेर इन्धनको मुल्य सस्तो बनाउदा समेत नेपालमा मूल्यवृद्धि गरेर सरकारले चुनावी खर्च उठाउन लागेको आरोप लगाए । महंगी हटाउन सरकार असफल बनेको उनले बताए । विद्यार्थी इन्चार्ज तथा एमाले चितवनका जिल्ला सदस्य केशव आचार्यले मूल्यवृद्धि हटाउन सरकारले अनावश्यक करहरु हटाउनुपर्ने उनको जिकिर थियो ।
उनले ११ महिनामै ७८ रुपैयाँसम्म इन्धनको मूल्य बढाएर जनतालाई आर्थिक भार थोपरेको बताए । युवा संघ चितवनका संयोजक शंकर अधिकारी, अनेरास्ववियु चितवनका संयोजक अमित गुप्ताले मूल्यवृद्धि खारेज नभए कडा आन्दोलन गरिने चेतावनी दिएका छन् । इन्धनको आयात बर्सेनि औसत १४ देखि १५ प्रतिशतले बढ्दो रहेको छ ।

- ADVERTISEMENT -