June 25, 2024

चितवनको नृत्य निर्देशक संघद्वारा एक्वा जुम्बा हुने [with video]

May 26, 2022

चितवन / नृत्य निर्देशक संघ नेपाल चितवन शाखाले एक्वा जुम्बा कार्यक्रम गर्ने भएको छ । भरतपुरको धावन रिक्रियसन तथा रेष्टुरेण्टमा जेठ १४ गते शनिबार एक्वा जुम्बा कार्यक्रम हुने संघका अध्यक्ष रेनु तामाङले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइन् ।
एक्वा जुम्बाबाट शरीरको तौल घटाउन, शरीरलाई लचिलो बनाउन तथा मानसिक तनाव हटाउन सघाउने अध्यक्ष तामाङले बताइन् । संगीत प्रयोग गरेर स्वीमिङ पुलमा गरिने व्यायामलाई नै एक्वा जुम्बा भनिन्छ ।
एक्वा जुम्बा कार्यक्रमले शरिरको व्यायाम गर्न र मनोरञ्जन लिन सघाउने उनको भनाइ छ । उनले जुम्बा गर्नाले शरीरका मांशपेशी मजबुत हुने बताइन् । ‘एक्वा जुम्बाको जानकारीका लागि कार्यक्रम गर्न लागेका हौँ’, उनले भने, ‘हप्तामा कम्तिमा ५ दिन एक्वा जुम्बा गरे शरिरलाई व्यायाम पुग्छ ।”
उनले एक्वा जुम्बा कार्यक्रमको सबै तयारी पुरा भएको बताइन् । ‘व्यस्त जीवनशैलीले गर्दा शारिरीक व्यायाममा धेरैको ध्यान पुग्न सकेको छैन’, उनले भने, ‘एक्वा जुम्बाबारे बुझाउन सक्यौँ भने शरिरलाई सन्तुलित बनाउन सहज हुनेछ ।’
चितवनका सचिव बसन्त लामाले सो कार्यक्रममा १ सय ५० जना सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो । टिकट शुल्क खाजा तथा कोल्ड ड्रिंक्स सहित ९ सय ९९ सय रुपैयाँ तोकिएको उनले बताए ।
‘गर्मीमा एक्वा जुम्बा निकै उपयोगी हुन्छ’, उनले भने, ‘रमाइलो पनि हुने, व्यायाम पनि हुन्छ, महत्वबारे बुझाउन कार्यक्रम गर्न लागेका हौँ ।’ सहभागीलाई जुम्बा इन्स्ट्रक्टरहरुले डान्सका स्टेपहरु सिकाउनेछन् ।
नेपाली, भारतीय र अंग्रेजी संगीतमा शरिरको व्यायाम गर्ने गरी एक्वा जुम्बा कार्यक्रम हुन लागेको हो । दैनिक एक घण्टा जुम्बा डान्स गर्नाले ६ सयदेखि एक हजारको हाराहारीमा क्यालोरी घट्ने भएकाले मोटोपना घटाउन सघाउने उनले बताए ।
जुम्बाले नृत्यको सीप पनि विकास गराउने गर्छ । पछिल्लो समय नेपालमा एक्वा जुम्बाको चहलपहल बढ्दै गएको पाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -