अमेरिका / आगामी तीन हप्तामा १०० भन्दा बढी शो सहितको कबड्डी–४ आज (शुक्रबार)देखि युलेस र रिचर्डसनको थियटरमा रिलिज हुँदैछ ।
नेपाली चलचित्र कबड्डी टेक्सस राज्यको डलास फोर्ट वर्थ मेट्रोप्लेक्सका दुई थियटरको पर्दामा रिलिज हुने भएको हो । नेपाल रिलिजको दिनमा नै रिलिज हुने यो चलचित्र तीन सातासम्म प्रदर्शनमा आउनेछ ।
कबड्डीको तेस्रो शृंखला कोभिड सुरु हुनुभन्दा ठीकअघि २०१९ मा लगभग ५ हप्ता यो शहरको थिएटरहरूमा थियो । रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा दयाह्याङ राई, सौगात मल्ल, बुद्धि तामाङ ‘हैट’, विनय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।
नेपाल ११ इन्टरटेनमेन्टका निर्देशक प्रतीक सुवेदी भन्छन्, ‘हामीले असार ३ गते ठूलो अपेक्षासहितको अर्को नेपाली चलचित्र ‘चिसो मान्छे’ रिलिज गर्ने तयारी गरेकाले हामीले कबड्डीका शो तीन साता मात्रै राख्नुपर्ने भयो । चलचित्र युलेसको सिनेपोलिस लक्जरी सिनेमाज र रिचर्डसनको फन मूवी ग्रिलमा प्रदर्शन हुनेछ ।उक्त क्षेत्रको नेपाली जनसङ्ख्यालाई ध्यानमा राखेर चलचित्रको स्थान छनोट गरिएको हो।
कबड्डी अमेरिकामा उच्च माग भएको नेपाली चलचित्र हो, कबड्डी ३ डलासमा आठ हजारले हेरका थिए । डलास अमेरिकाको एकमात्र सहर हो जहाँ हिन्दी र अङ्ग्रेजी चलचित्रहरू जस्तै नेपाली चलचित्रहरू धेरै हप्ताको लागि दैनिक रूपमा प्रदर्शन हुन्छन । तर, कोभिडपछि कबड्डी डलासका नेपाली अमेरिकीहरूले दैनिक रूपमा थियटरहरूमा रमाइलो गर्ने पहिलो नेपाली चलचित्र हो ।
डलासमा बिहीबार बिहानसम्मको वर्तमान अवस्थालाई हेर्दा, दुवै थियटरहरूमा पहिलो सप्ताहन्त शो बिहीबार रातिअघि बिक्री हुनेछ । टिकटहरू थियटर वेबसाइटहरू र अन्य सबै टिकट एपहरू जस्तै ँबलमबलनय, ब्तयm त्ष्अपभतक आदिमा उपलब्ध छन्।
मोमो इन्टरटेनमेन्टका डीजे मोमोका अनुसार तीन सातासम्म मेट्रोप्लेक्समा करिब १०० शो हुनेछन् ्र स्थानीय बजार र दर्शकको पर्यवेक्षण गर्ने सुदीप आत्रेले रिलिज मितिको करिब एक साता अघिदेखि अग्रिम टिकट बुकिङ गर्दा जनताको प्रतिक्रियाले हामी दंग भएको बताउँछन् ।
डलासमा रहेका सबै नेपालीलाई यो चलचित्र हेर्ने समान अवसर दिन दिउँसो, साँझ र रातीमा शो टाइम उपलब्ध छ। कबड्डी–४ मे २७ देखि जुन १६ सम्म र त्यसपछि जुन १७ मा चिसो मान्चे प्रदर्शन हुने तय भएको छ ।
नेपाल ११ इन्टरटेन्मेन्ट, मोमो इन्टरटेन्मेन्ट र आत्रेय प्रोडक्सनले आगामी चलचित्र ‘चिसो मान्छे’ को लागि अमेरिका–क्यानडाको वितरण अधिकार खरिद गरेको छ । यो टोलीले विगत केही वर्षदेखि सत्रु गेट, कबड्डी शृंखला, चमाया छपक्कै, ए मेरो हजुर, आमा लगायतका चर्चित नेपाली चलचित्रहरु सफलतापूर्वक प्रदर्शन गरिसकेको छ । यस पटक डलास, टेक्सासमा कबड्डीले धेरै राम्रो गर्ने अग्रिम बुकिङले देखाउँछ।
कबड्डी–४ आजदेखि युलेस र रिचर्डसनको थियटरमा प्रदर्शन
May 27, 2022
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -