September 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर २ का वडाध्यक्ष रानाभाटको स्मार्ट लाइट र सिसीटिभी जडान गर्ने निर्णय

May 27, 2022

चितवन / भरतपुर महानगरपालिका वडा नं. २ का नवनिर्वाचित वडाअध्यक्ष मनोज रानाभाटले पदभार ग्रहणसँगै दुई वटा निर्णय गरेका छन् । हरेक टोलको चोकचोकमा स्मार्ट लाइट जडान र मुख्य मुख्य ठाउँमा सिसीटिभी जडान गरिने वडाध्यक्ष रानाभाटले जानकारी दिए । पाँच दलिय गठबन्धन कांग्रेसबाट स्थानीय तह निर्वाचनमा उनी विजयी भएका हुन् ।
वडालाई ‘उज्यालो वडा अभियान’ अन्तर्गत स्मार्ट लाइट जडान बिहीबारदेखि नै सुरु गरिएको उनले बताए । उक्त स्मार्ट लाइट डिजिटल सिस्टम (स्वचालित) बाट संचालन हुनेछ । उक्त वडामा १८ वटा टोल छन् । हरेक टोलमा स्मार्ट लाइट जडान कार्य सम्पन्न गर्न दु्रततर ढंगबाट अघि बढेको उनको भनाइ छ ।
प्रत्येक टोलसँग समन्वय गरी सिसीटिभी क्यामेरा जडान गरिने उनले बताए । उनका अनुसार सिसीटिभी क्यामेरा विशेषगरी मान्छेको चहलपहल हुने स्थानलाई प्राथमिकता राखेर काम गरिने छ । वडा नं. २ लाई उत्कृष्ट र नमूना वडा बनाउने लक्ष्य लिएको उनले भने ।
उनले वडा नं. २ का वडावासीलाई भोट दिएर विजयी बनाई दिनु भएकोमा हृदयदेखि नै आभार प्रकट गरे । वडावासीले दिएको भोट नै मेरो लागि सबैभन्दा ठूलो सम्मान भएको जिकिर गरे । चुनाव जितेपछि खुशी मनाउनेभन्दा काम गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
वडाअध्यक्ष रानाभाटले मलगायत नवनिर्वाचित टिमलाई विभिन्न संघसस्थाद्वारा स्वागत कार्यक्रम आयोजना नगरिदिनुहुन पनि आग्रह गरेका छन् । जनप्रतिनिधि भएकाले वडावासीको लागि चौबीसै घण्टा सेवा दिने समेत उनले बताए ।