२०८२ असार ३०, सोमबार
July 14, 2025
२०८२ असार ३०, सोमबार
July 14, 2025 Monday

चितवनमा पहिलो पटक डिड्यानको ‘एक्वा जुम्बा डान्स’, सय बढीको सहभागिता

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते


चितवन । नृत्य निर्देशक संघ नेपाल (डिड्यान) चितवन शाखाले एक्वा जुम्बा (संगीत प्रयोग गरेर स्वीमिङ पुलमा गरिने व्यायाम) कार्यक्रम गरेको छ । भरतपुरको धावन रिक्रियसन तथा रेष्टुरेण्टमा शनिबार एक्वा जुम्बा कार्यक्रम सम्पन्न गरेको हो ।
डिड्यानका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुवनदास श्रेष्ठले डिड्यान शाखाद्वारा हुने कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । चितवन शाखाले आयोजना गरेको अक्वा जुम्बा डान्सको प्रशंसा गर्दै प्रमुख अतिथि श्रेष्ठले धन्यवाद दिएका थिए ।


व्यस्त जीवनका लागि स्वस्थ जीवन र स्वस्थ जीवन नै स्वास्थ्यको धन भएको उनले बताए । अक्वा जुम्बा डान्सबाट स्वास्थ्यलाई फाइदा पुग्ने उनले सुझाव दिए । जुम्बाको निरन्तरता नै स्वास्थ्यलाई चाहिने अभ्यास भएको उनको धारणा थियो ।
आफ्नो स्वास्थ्यलाई आफैले ख्याल राख्नु पर्ने भएकाले जुम्बालाई निरन्तरता दिनु पर्ने बताए । स्वास्थ्यलाई चुस्तदुरुस्त राख्न अन्य कुनै ब्यायाम पनि गर्न सकिने भए पनि जुम्बालाई नै रोज्नु पर्ने उनको जिकिर थियो ।
१३ जनाको समितिबाट सुरु भएको डिड्यान हाल देशभर २३ वटा शाखा रहेको छ भने हालै अमेरिकामा पनि शाखा गठन भएको छ । नेपालभरि नै शाखा गठन गर्ने तयारी भइरहेको उनले जानकारी गराए ।

- ADVERTISEMENT -

Advertisement


डिड्यान चितवनका अध्यक्ष रेनु तामाङले अक्वा जुम्बाले स्वास्थ्य सँगसँगै मानसिक तनावलाई पनि उपयुक्त हुने बताइन् । स्वास्थ्यभन्दा ठूलो धन केही नभएकाले जुम्बा व्यायामलाई निरन्तरता गर्न सबैलाई उनले आग्रह गरे ।
कार्यक्रममा डिड्यान केन्द्रीय समितिका पदाधिकारीहरुको आगमनले सुनमा सुगन्ध थपिएको र एउटा अभिभावकत्व प्राप्त भएको उनले जिकिर गरिन् । उनले कार्यक्रम उच्च राख्न सहयोग गर्नुहुने, साथ दिनुहुने सबैलाई धन्यवाद व्यक्त गरिन् ।


अक्वा जुम्बा अन्तर्गत पानीमा नृत्य, बल पासिङ, पौडी प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा विजयी हुनेहरुलाई आकर्षक पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको चितवन डान्स सेन्टर र लाहुरेनीको साडी पसलले प्रायोजन गरेको हो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष श्रेष्ठ तथा अतिथिहरुलाई चितवन शाखाका अध्यक्ष रेनु तामाङ, निवर्तमान अध्यक्ष लीलाराज थापामगरले संयुक्त रुपमा मायाको चिनो प्रदान गरेको थियो । संघका अन्य पदाधिकारी तथा सदस्यहरुलाई संघप्रति योगदान पु¥याए वापत प्रशंसा स्वरुप प्रमाणपत्र दिइएको थियो ।


कार्यक्रममा डिड्यानका केन्द्रीय उपाध्यक्ष शम्भु शाही, सहकोषाध्यक्ष केशव कोइराला, केन्द्रीय सदस्य एवम् काठमाडौं शाखाका अध्यक्ष बुद्ध लामा, चितवन डान्स सेन्टरका प्रबन्ध निर्देशक मनोज लामालगायतको उपस्थिति रहेको थियो ।
उक्त जुम्बा डान्समा १०० बढी प्रतियोगीहरुको सहभागिता रहेको थियो । संघले पहिलो पटक एक्वा जुम्बा डान्स गरेको हो भने यसअघि चितवन डान्स सेन्टरले सो प्रतियोगिता गरेको थियो ।
कार्यक्रमका संयोजक तथा संचालक डिड्यानका सल्लाहकार जनार्दन ढकालले गरेका थिए भने शाखाका अध्यक्ष रेनु तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -