October 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला, तीन चालक दलसहित २२ जना सवार

May 29, 2022
file photo.

पोखरा / तारा एयरको टुइनअटर नाइन एनएइटी सम्पर्कविहीन रहेको जहाज भेटिएको छ । जहाज आज (आइतबार) बिहान १० बजेदेखि हराइरहेको थियो । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका हुन् ।
मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठका अनुसार मुस्ताङको खासाङ–२ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । विमानमा अहिले पनि आगो लागिरहेको छ ।
जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए ।
यति एयरकै पाइलट लामा विदा मनाउन जोमसोम जान लागेका थिए । पाइलट लामाले आइतबार बिहान मात्र जहाज उडाएका थिए । आफ्नो ड्यूटी सकेर बिदा मनाउन भनेर उनी जोमसोम जान लागेका थिए ।
यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए । बिहान जहाज उडाएर पछि पाइटल प्रभाकर प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए । सोही उडानमार्फत उनी जोमसोमतिर लागेका थिए ।

- ADVERTISEMENT -