March 16, 2025
- ADVERTISEMENT -

काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाइने

May 29, 2022
File photo

चितवन / सरकारले आर्थिक वर्ष २०७९÷८० बाट काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज (आइतबार) संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै उक्त काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् ।
‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्ने गरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी वोर्ड नेपाल मार्फत प्रक्रिया अघि बढाइने छ,’ मन्त्री शर्माले भने । यसबाट काठमाडौंदेखि बुटबल र काठमाडौंदेखि पोखरासम्मको यात्रा उल्लेख्य रुपमा छोटिने उनले जनाएको छ ।

- ADVERTISEMENT -