२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गणतन्त्र दिवसमा कवि गोष्ठी, जनताको मत लिएर नेता गायब

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते

चितवन / भरतपुर बाइपासरोडमा रहेको एस एण्ड पी अडिटिङ कम्पनीले १४औं गणतन्त्र दिवसको अवसरमा कवि गोष्ठी तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ । शहीद र जनआन्दोलनका घाइतेहरुको सम्झनामा १४औं गणतन्त्र दिवसको अवसरमा कवि गोष्ठी कार्यक्रम गरिएको कम्पनीका प्रबन्ध निर्देशक सूर्य श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा कविहरुले नेपाली जनता राज्य पक्षबाटै महंगीको चरम चपेटामा परेको आरोप लगाएका छन् । कवि गोष्ठीमा आफ्ना सिर्जनामार्फत देशका शासकहरूलाई गणतन्त्रको पूरा अर्थ बुझाइ दिन उनीहरुले आग्रह समेत गरेका छन् ।
जनताको बोल्ने अधिकारमाथि नै राज्यले अङ्कुश लगाउने प्रयास भइरहेको गजलकार पुष्पअधिकारी ‘अञ्जलि’ले गजलमार्फत बताए । साहित्य सिर्जना मार्फत देशको विकृति, विसंगतिलाई बाहिर ल्याउने प्रयास गर्दा राज्यपक्षबाटै दण्डित हुनुपरेको उनको भनाइ थियो ।
लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे पनि देशमा नेताले मात्रै मुनाफा कमाएको डा धनेश्वर भट्टराईले बताए । उनले नेताहरू जनताबाट विश्वासको मत लिएर हराएको आरोप लगाए ।
अग्रज साहित्यकार गोविन्दराज विनोदीले गणतन्त्र नारामामात्र सीमित भएको बताए । जनताको दुःखमा कुनै फेरबदल नभएको उनको भनाइ थियो । देशमा ‘ठूलालाई ऐन र सानालाई चैन’ विद्यमान भइरहेको उनको भनाइ थियो ।
कवि कपिल अज्ञातले गणतन्त्रजस्तो ऐतिहासिक दिनमा राज्यले नै विशेष कार्यक्रम गरेर गणतन्त्रको सम्मान गर्नुपर्ने बताए । उनले देशमा कुनै निजी संस्था या व्यक्तिले कार्यक्रम नै नगरिदिने हो भने गणतन्त्र दिवस घोषणामा मात्रै सीमितहुने जिकिर गरे ।
कार्यक्रममा साहित्यकारहरू जगन्नाथ पण्डित, गुराँस ठकुरी, डीडी शर्मा, सन्ध्या विवश, देवदत्त अधिकारी, तिलक अधिकारी, टीकाराम शर्मा पौडेल, इन्द्रराज शर्मा, रामहरि शर्मा, पुष्पराज खनाल, श्यामजी अतिथि, पूर्णप्रसाद अधिकारीलगायतले गणतन्त्रको विषयमा आफ्ना सिर्जना पस्केका थिए ।
कार्यक्रम एस एण्ड पी कम्पनीका प्रबन्ध निर्देशक सूर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन अनिता नेपालले गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09