चितवन / चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. १ चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्ने क्रममा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं. १ बस्ने वर्ष ५५ की सोतिमाया तामाङ हुन् । तामाङलाई सोमबार अन्दाजी दिउँसो ४ः०० बजेको समयमा बाघले आक्रमण गरेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराले घटनास्थल तथा लासको जाँच मुचुल्का उठाएको छ भने अन्य अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
राप्तीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
May 30, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
