२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

लोग्नेबाट पीडित गीतालाई राप्ती पत्रकार मंचको आर्थिक सहयोग

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते
- ADVERTISEMENT -

चितवन / राप्ती पत्रकार मञ्चले श्रीमानबाट पीडित एक महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ । श्रीमानको यातनाबाट सख्त घाइते भएकी पीडित खैरहनी नगरपालिका–१० मुसहरवस्तीका गीता माझीलाई मञ्चले दश हजार ९५० आर्थिक सहयोग गरेको मञ्चका अध्यक्ष राजन गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार उपचार कक्षमा नै गई सहयोग रकम हस्तान्तरण गरेको हो । मञ्चका अध्यक्ष गुरुङसहित सचिव सुरोज बराकोटी र कोषाध्यक्ष सुजा गौतमले ओसीएमसी फोकल पर्सन हिरा सुवेदीको उपस्थितिमा उनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुक रहेको ओसीएमसी फोकल सुवेदीले जानकारी गराइन् । सुवेदीले अहिले सामान्य हिँडडुल गर्न सक्ने । आज (महिला) दिउँसो उनको शल्यक्रिया भएको पनि उनले बताइन् ।
पीडित महिलाका रामचन्द्र माझीले बिहीबार साँझ उनलाई कोठामा बन्दक बनाई लौरोबाट मलद्वारमा यातना दिएको बताइएको छ । यातनाबाट महिलाको यौनाङ्ग र मलद्वार बीच गम्भीर चोट लागेको छ ।
उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको छ । उपचारपछि पनि गीतालाई दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता रहन सक्ने डाक्टर दीपेन्द्रले बताए ।
हिंसाबाट प्रभावित महिला सेवाको लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) ले गीताको निःशुल्क उपचार गरिरहेको छ ।
आर्थिक आयआर्जन गर्ने व्यक्ति नभएको उनको परिवारलाई यो सहयोगबाट पौष्टिक आहारा खान सहयोग पुग्ने अध्यक्ष गुरुङ्गले बताए ।

- ADVERTISEMENT -