September 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा चाँडै नै मनसुन भित्रिदैँ छ – मौसमविद्

June 1, 2022
File photo.

काठमाडौँ / नेपालमा यो बर्ष मनसुन चाँडै भित्रिने मौसमविदहरुले बताएका छन् । छिमेकी मुलुक भारतको केरलामा मनसुन सुरु भइसकेको र अब त्यो चाँडै नेपाल भित्रिने मौसमविदहरुको भनाई छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले भारतको केरलामा मनसुन सुरु भइसकेको जानकारी दिएका छन् ।
नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जुन १३ तारिख हो । पूर्वी नेपालबाट मनसुन भित्रिएर पश्चिम नेपालबाट बाहिरिने गर्दछ । यो वर्ष भने चाँडै मनसुन भित्रिन लागेको अनुमान गरिएको छ ।
अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महिनाको अवधिमा नेपालका अधिकांश भागमा सरदरभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिएको छ ।
सामान्यतया १ हजार ५ सय मिलिलिटर पानी पर्ने मौसमविदहरु बताउँछन् । यद्यपि औसतभन्दा १० प्रतिशत बढी वा घटी भए पनि त्यसलाई सरदर नै मानिने वरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।
जल तथा मौसम विज्ञान विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा भने सरदर वर्षा हुने प्रक्षेपण छ । यी क्षेत्रमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ । तर बाँकी भूभागहरुमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।