June 14, 2024

चितवनमा एकाबिहानै सवारीसाधनको ठक्करबाट एकको मृत्यु

June 1, 2022

चितवन / मुग्लिन–नारायणगढ सडक–खण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । आज (बुधबार) बिहान करिब ४ बजे इच्छाकामना गाउँपालिका वडा नं. ४ पृथ्वीराजमार्गको धारापानी भन्ने स्थानमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजी ३० वर्ष जस्तो देखिने उक्त पुरुषको नाम थर खुलेको छैन । ठक्कर दिने सवारी साधन फरार रहेको र नाम, नम्बर नखुलेको बताइएको छ । घटनाको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिन र चितवन प्रहरी प्रमुख नवराज अधिकारी सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो ।
हाल घटनास्थलको अनुसन्धान भइरहेको छ भने शवलाई पोष्टमार्टमको भरतपुर अस्पताल पठाइएको प्रहरी प्रवक्ता नरहरि अधिकारीले बताए । उनले ठक्कर दिने सवारी साधनको खोजतलास जारी रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -