March 19, 2025
- ADVERTISEMENT -

हेटौंडामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

June 3, 2022
File photo.

मकवानपुर / मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना५च ३६२७ नम्वरको कुखुरा बोक्ने बोलेरो जीप हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्केस्थित अनियन्त्रित भई दुर्घटना हुँदा आज (शुक्रबार) एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा बोलेरो सवार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडा बस्ने ३३ वर्षीय गोपाल दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, मृतक दाहालको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
यस्तै, सोही दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरुको सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले उक्त घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाएको छ ।

- ADVERTISEMENT -