२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली सुरु

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते

चितवन / भरतपुर महानगरपालिकाले मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन् भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो ।
भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलयातका सम्पूर्ण शुल्क अनलाईन प्रणालीबाट सजिलै सकिने भएको छ । सेवाको आज (मंगलबार) एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर महानगरपालिको नीति तथा प्रतिवद्धता अनुसार सेवाको शुभारम्भ गरिएको जानकारी दिनुभयो । महानगरपालिका कार्यालयलाई पेपरलेस बनाउने योजनालाई यो सेवाले सहयोग पुराउने उहाँको भनाई छ । भरतपुरलाई स्मार्ट सिटी निर्माण गर्न चाहिने सुचकहरु क्रमशः पुरा गर्ने क्रममा अनलाईन प्रणालीको सुरुवात गरिएको उल्लेख गर्नुभयो । अनलाईन प्रणालीले भरतपुरको सुशासनलाई बाटोमा हिड्न प्रेरित गर्ने उहाँको भनाई छ ।
स्मार्ट सिटी निर्माण हुन जनप्रतिनिधि, कर्मचारी तथा आम जनता स्मार्ट हुन आवश्यक पर्ने दाहाललले बताउनुभयो । कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले चित्रसे अनलाईन भुक्तानी प्रणालीको कार्य ऐतिहासिक कार्यको भएको बताउनुभयो । स्मार्ट सिटी निर्माणको एउटा खुट्किलो अनलाईन भुक्तानी प्रणाली भएको उहाँको भनाई थियो । उपप्रमुख अधिकारीले यसको कार्यान्वनका लागि सबै पक्षले उतिकै चासो दिनुपर्नेमा जोड दिनुभयो । आफुले तिर्नुपर्ने कर मूल्यांकन गरिसकेपछि आफुले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेट वे प्रणालीबाट कर तिर्न सकिन्छ । अहिले इ–सेवा, खल्ती, कनेक्ट आई।पि।एसमार्फत भुक्तानी गर्न सकिने छ ।
भरतपुर महानगरपालिकालाई सुशासन र डिजटलमैत्री बनाउने घोषणापत्रमा उल्लेख गरे अनुसार पहिलो कार्यको थालनी गरिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबाबु सुवेदीले जानकारी दिनुभयो । यो प्रणालीले महानगरको सम्पूर्ण तथ्याङकहरु सजिलोसँग दिन सकिने सुवेदीले जानकारी दिनुभयो । यसले महानगरका हुने ढिलासुस्ती र भिडभाड हटेर जाने बताउनुभयो ।
यसको कार्यान्वनका लागि २९ वटा वडाको टोल सुधार समितिमार्फत कार्यविधि निर्माण गरी भिडियोसहितको तालीम प्रदान गरिने सुवेदीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45