२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्ती नगरपालिका मेयर र उपमेयर लामाद्वयलाई संघको बधाई तथा सम्मान

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते
Photo : newsprabah.

चितवन / तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले राप्ती नगरपालिका नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । स्थानीय तह निर्वाचन २०७९ मा नवनिर्वाचित मेयर शमशेर लामा तथा उपमेयर देवेन लामालाई बिहीबार राप्तीनगरपालिकाको उहाँहरुकै कार्य कक्षमा बधाई तथा सम्मान गरिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।


मेयर लामा र उपमेयर लामाले संघद्वारा गरिएको बधाई तथा सम्मानप्रति गौरवान्वित भएको बताए । लामाद्वयले हर्षित हुँदै संघको सम्मानलाई धन्यवाद दिए ।
उनीहरुले सम्पूर्ण तामाङ सामुदायको साथ र सहयोगले स्थानीय तह निर्वाचनमा विजयी हुन सफल भएको जिकिर गरे । पाँच वर्षीय कार्यकालमा तामाङ लगायत राप्ती नगरपालिकाका हरेक नागरिकले पाउने अधिकार सुनिश्चितताका लागि जोड दिने बताए ।

- ADVERTISEMENT -

Advertisement


संविधानले निर्धारित गरेको अधिकार सुनिश्चितताको सदैव साथ सहयोग रहने लामाद्वयले प्रतिबद्धता व्यक्त गरे । मेयर लामा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् भने उपमेयर लामा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनीहरु दुबै पाँच दलिय सत्ता गठबन्धनबाट चुनावमा प्रतिस्पर्धी थिए ।
संघका अध्यक्ष तामाङले निर्वाचित मेयर तथा उपमेयर लामाद्वयलाई पाँच वर्षे सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले स्थानीय तहको नेतृत्वमा तामाङ समुदायको छोरो आउँदा आफूलाई धेरै खुशी लागेको बताए ।


उनले नेतृत्वमा तामाङ समुदायकै जनप्रतिनिधि आउँदै गर्दा समुदायलाई फाइदा पुग्ने जिकिर गरे । तामाङ समुदायलाई आफ्नै मान्छे नेतृत्वमा भएपछि निर्धक्क आफ्नो समस्यालाई राख्न सकिने र काम गर्न सहज हुने उनको भनाइ थियो ।
कार्यक्रममा संघका सचिव प्रकाश तामाङ, सहसचिव सन्तोष तामाङ, सदस्यहरु सुरेश तामाङ, युवक तामाङ, सीमा तामाङ र शुभेच्छुक विकास तामाङ, विशाल मगरलगायतको उपस्थिति रहेको थियो ।


यसअघि संघले तामाङ समुदायका विभिन्न नेतृत्व तहका व्यक्तित्वहरुलाई बधाई तथा सम्मान गर्दै आएको छ । वि.सं. २०७० सालमा स्थापित संघमा २७ जना सदस्यहरु रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39