२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर २ का वडाध्यक्ष रानाभाटलाई सिद्धिविनायकको सम्मान

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते

भरतपुर / भरतपुर–२, क्षेत्रपुर स्थित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) भरतपुर–२ क्षेत्रपुरले १५औं स्थापनाको अवसर पारेर नवनिर्वाचित भरतपुर वडा नं. २ का जनप्रतिनिधिलाई सम्मानका साथै सरसफाइ कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
संस्थाको दुई दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन नवनिर्वाचित अध्यक्ष मनोज रानाभाटसहित सदस्यहरु बलराम सिटौला, परशुराम पौडेल, उर्वर्शी गोतामेलाई सम्मान गरेको हो ।


सिद्धिविनायकका अध्यक्ष थिरप्रसाद धितालले संस्थाको स्थापना दिवसमा आफ्नो वडाको जनप्रतिनिधिलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २ का अध्यक्ष मनोज रानाभाटले जनताले चुनेर पठाएको हुँदा जनताको चाहनाविपरीतका कुनै पनि काम आफूबाट नहुने प्रतिवद्धता जनाए । जनताको मतको दुरूपयोग कुनै पनि हालतमा नहुने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement


यसैबीच संस्थाको कार्यालय भएको तरकारी बजारबाट रामेश्वर मन्दिर, जलमा हलचोकबाट डाङ्ग्रेचोक हुँदै पुनः तरकारी बजारससम्मको सडक दायाँबायाँ सरसफाइ गरिएको थियो ।


कार्यक्रममा रामेश्वर टोल विकास संस्थाका अध्यक्ष श्री राजेन्द्र वाग्लेज्यु, शितल शान्ति नमूना टोलका अध्यक्ष श्री जयराम खत्री, रामेश्वर टोल विकासका निवर्तमान अध्यक्ष बिजय पराजुली, फलफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मुकुन्दप्रसाद गौतम, संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, कोषाध्यक्ष जयराम पाण्डेलगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39