२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापानमा रहेका नेपालीहरुको सहयोगमा मीरा नेपालीले पाइन पक्की घर

प्रकाशित मिति : २०७९ असार १ गते

रत्ननगर / रत्ननगर १३ बुढीकुलोस्थित सुकुमबासी बस्तीकी मीरा नेपालीले पक्की घर पाएकी छन् । आर्थिक अभावका कारण २० वर्षदेखि झुपडीमा बस्दै आएकी मीरा र उनको परिवारले पक्की घर पाएकी हुन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मीराको श्रीमानको मृत्यु भएपछि उनको परिवार संकटमा थियो ।
ओत लाग्ने घरको अभावका कारण कष्टकर जीवन बिताउँदै आएकी मीराको घर निर्माणको लागि युवा नेता सुजन नेपालले पहल सुरु गरेका थिए । सुजन नेपालले मीरा र उनको परिवारको दुःख देखेर तत्कालै घर बनाउने योजनाका साथ सामाजिक अभियान्ताहरुलाई आग्रह गरेका थिए ।
रोजगारीको लागि जापानमा रहेका दीपकबाबु नेपाल, सामाजिक अभियान्ता तथा पत्रकार रवि रोषी, केपीकिरण शर्मालाई आग्रह गरी मीराको घर निर्माण गर्न आर्थिक संकलन अभियान सुरु गरिएको थियो ।
मीराको घर बनाउन दीपकबाबुले जापानमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरे । केपिकिरण शर्माले घर निर्माण तथा तीन बालिकाको शिक्षाको लागि पहल सुरु गरे । पत्रकार रवि रोषी घर निर्माणको संयोजक बने ।
आर्थिक संकलन गरेरै तीन महिनामा मीराको घर तयार भयो । चार लाखको लगानीमा शौचालय सहितको दुई कोठे घर निर्माण गरियो । मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी रत्ननगरका मेयर प्रल्हाद सापकोटाले मीरालाई घर हस्तान्तरण गरेका हुन् ।
शर्माको पहलमा बालबालिकाको लालनपालनको लागि एसओएस बालग्राम भरतपुरले तीन बालिकाको लागि मासिक रु ३ हजार ६०० उपलब्ध गराउने छ । उनीहरुको उमेर २५ वर्ष हुँदासम्मको लागि सहयोग गर्ने सहमती भएको शर्माले बताए ।
उनीहरुको शिक्षाको लागि हङकङमा बस्ने आकास बन्जराले जिम्मा लिएका छन् । मीराको घर निर्माणको लागि सुरु गरिएको अभियानमा करिब ७ लाख ४१ हजार १६ रुपैया संकलन भएको छ ।
मीराको घर बनाउन ४ लाख खर्च भएको र बचेको पैसा आर्थिक अभावका कारण उपचार नपाएका, शिक्षाबाट बन्चित भएका र पैसाकै कारण घर बनाउन सकेर आकासमुनी बस्दै आएका परिवारको लागि सहयोग गर्ने अभियान्ता दीपकबाबु नेपालले बताए । मीराको घरमा अझै केही पैसा लगानी हुन्छ नेपालले भने बाँकी रहेको पैसा सामाजिक क्षेत्रमै खर्च गरिने छ ।
सो अभियानका लागि सामाजिक अभियान्ता मुरलीप्रसाद गजुरेलले संकलन गरेको १४ हजार रुपैया नेपाललाई हस्तान्तरण गरेका छन् । सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डेको अध्यक्षतामा कार्यक्रम व्यवसागी भेषराज दुवाडीले मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41