रत्ननगर / रत्ननगर १३ बुढीकुलोस्थित सुकुमबासी बस्तीकी मीरा नेपालीले पक्की घर पाएकी छन् । आर्थिक अभावका कारण २० वर्षदेखि झुपडीमा बस्दै आएकी मीरा र उनको परिवारले पक्की घर पाएकी हुन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मीराको श्रीमानको मृत्यु भएपछि उनको परिवार संकटमा थियो ।
ओत लाग्ने घरको अभावका कारण कष्टकर जीवन बिताउँदै आएकी मीराको घर निर्माणको लागि युवा नेता सुजन नेपालले पहल सुरु गरेका थिए । सुजन नेपालले मीरा र उनको परिवारको दुःख देखेर तत्कालै घर बनाउने योजनाका साथ सामाजिक अभियान्ताहरुलाई आग्रह गरेका थिए ।
रोजगारीको लागि जापानमा रहेका दीपकबाबु नेपाल, सामाजिक अभियान्ता तथा पत्रकार रवि रोषी, केपीकिरण शर्मालाई आग्रह गरी मीराको घर निर्माण गर्न आर्थिक संकलन अभियान सुरु गरिएको थियो ।
मीराको घर बनाउन दीपकबाबुले जापानमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरे । केपिकिरण शर्माले घर निर्माण तथा तीन बालिकाको शिक्षाको लागि पहल सुरु गरे । पत्रकार रवि रोषी घर निर्माणको संयोजक बने ।
आर्थिक संकलन गरेरै तीन महिनामा मीराको घर तयार भयो । चार लाखको लगानीमा शौचालय सहितको दुई कोठे घर निर्माण गरियो । मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी रत्ननगरका मेयर प्रल्हाद सापकोटाले मीरालाई घर हस्तान्तरण गरेका हुन् ।
शर्माको पहलमा बालबालिकाको लालनपालनको लागि एसओएस बालग्राम भरतपुरले तीन बालिकाको लागि मासिक रु ३ हजार ६०० उपलब्ध गराउने छ । उनीहरुको उमेर २५ वर्ष हुँदासम्मको लागि सहयोग गर्ने सहमती भएको शर्माले बताए ।
उनीहरुको शिक्षाको लागि हङकङमा बस्ने आकास बन्जराले जिम्मा लिएका छन् । मीराको घर निर्माणको लागि सुरु गरिएको अभियानमा करिब ७ लाख ४१ हजार १६ रुपैया संकलन भएको छ ।
मीराको घर बनाउन ४ लाख खर्च भएको र बचेको पैसा आर्थिक अभावका कारण उपचार नपाएका, शिक्षाबाट बन्चित भएका र पैसाकै कारण घर बनाउन सकेर आकासमुनी बस्दै आएका परिवारको लागि सहयोग गर्ने अभियान्ता दीपकबाबु नेपालले बताए । मीराको घरमा अझै केही पैसा लगानी हुन्छ नेपालले भने बाँकी रहेको पैसा सामाजिक क्षेत्रमै खर्च गरिने छ ।
सो अभियानका लागि सामाजिक अभियान्ता मुरलीप्रसाद गजुरेलले संकलन गरेको १४ हजार रुपैया नेपाललाई हस्तान्तरण गरेका छन् । सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डेको अध्यक्षतामा कार्यक्रम व्यवसागी भेषराज दुवाडीले मन्तव्य राखेका थिए ।
जापानमा रहेका नेपालीहरुको सहयोगमा मीरा नेपालीले पाइन पक्की घर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
