गैंडाकोट / कावासोतीको एक खाजा घरमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं. ३ हलचोकस्थित न्यौपाने खाजाघरमा जुवा तास खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीले उनीहरुलाई तेह्र हजार १९० नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई कानुन बमोजिम कारवाही हुने प्रहरीले बताएको छ ।


















































