March 15, 2025
- ADVERTISEMENT -

आज देशभर चट्याङसहित वर्षा हुने : महाशाखा

June 30, 2022

काठमाडौं / मनसुन भित्रिएसँगै केही दिन यतादेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहीबार पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना अनुमान गरेको छ ।
प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । आज राति भारी वर्षा केही कम हुने अनुमान गरिएको छ । शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
शनिबार पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ ।

- ADVERTISEMENT -