चितवन / चितवनबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण अन्यौलमा परेको छ । यातायात व्यवस्था कार्यालय चितवनले साउन दोस्रो साताबाट लाइसेन्स वितरणका लागि ट्रायल सुरु गर्ने तयारी गरेको थियो । तर सर्वोच्च अदालतले लाइसेन्स वितरणको काम रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चको आदेशपछि लाइसेन्स अन्यौलमा परेको हो । टेण्डर प्रकृयामा असन्तुष्ट चितवन ड्राइभिङ स्कूलले असार १९ गते सर्वेच्चमा मुद्धा गर्ता गरेको थियो ।
२१ गते अदालतले काम जहाँ पुगेको छ त्यही रोक्न भनी अन्तरिम आदेश जारी भएको कार्यालयका प्रमुख बिनोद पौडेलले जानकारी दिए । कार्यालयले आज (बिहीबार) मध्यान्ह जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव खोल्ने तयारी गरिएको थियो । तर त्यस अघि १० बजे नै सर्वोच्चको आदेश प्राप्त भएको पौडेलले बताए । कार्यालय प्रमुख पौडेलका अनुसार अन्तरिम आदेशमा उक्त मुद्धाको किनारा नलागेसम्मका लागि काम रोक्न भनिएको छ ।
‘काम जहाँ पुगेको छ त्यही रोक्न भनी सर्वोच्चबाट अन्तरिम आदेश जारी भएको छ, उनले भने,’आज १२ बजे आर्थिक प्रस्ताव खोल्ने तयारी थियो । १० बजे हामीलाई आदेश प्राप्त भयो ।’ उनले अघि भने,’१९ गते मुद्धा परेर २१ गते नै अन्तरिम आदेश भएको रहेछ । हामीलाई आज बिहान मात्रै आदेश प्राप्त भयो ।’ आदेशमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत भनिएको छ । यस अघि पनि ट्रायल सेन्टर छनोटको बिषयमा विवाद उत्पन्न भएपछि बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयको निर्देशनमा प्रक्रिया रोकिएको भएको थियो ।
छानबिनपछि प्रक्रिया पुनः अघि बढाउने बाटो खुलेको थियो । चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा ट्रायल सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । कार्यालयले आज आर्थिक प्रस्ताव खोल्ने र मूल्याङ्कनको तयारी गरेको थियो ।
थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटको तयारीमा रहँदा सर्वोच्चबाट काम रोक्न आदेश आएको हो । ट्रायल सेन्टरहरुले टेण्डर प्रकृया ठूलो आर्थिक चलखेल गरेको आरोप छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनबाट लाइसेन्स वितरण रोक्न सर्वोच्चको आदेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












