२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनीको साङ्गे गुम्बामा मूर्ति प्रतिस्थापनका लागि ठी राप्ने पूजा

प्रकाशित मिति : २०७९ असार २४ गते


चितवन । खैरहनी नगरपालिका वडा नं. ८ मगनीचोकस्थित साङ्गे बौद्ध गुम्बाले मूर्ति प्रतिस्थापनका लागि ठी राप्ने (आसन शुद्धीकरण पूजा) कार्य सम्पन्न गरेको छ । बिहीबार सम्पन्न भएको ठी राप्ने पूजामा १५० जना बढी भक्तजनहरुको सहभागिता रहेको गुम्बाका अध्यक्ष पूर्णबहादुर लामाले जानकारी दिए ।
ठी राप्ने पूजा धर्मगुरु लोपेन पेम्बा मुक्तानबाट सम्पन्न भएको हो । धर्मगुरु मुक्तानले पाँच तहबाट गरिने पूजामा हातहतियार, भाँडाकुँडा, अन्न, घ्यू र मूर्ति दान कार्य सम्पन्न गरेको थियो ।


गुम्बाका गुरु तेन्जेन लामाका अनुसार ठी राप्ने पूजाको सबैभन्दा तल्लो तहमा हातहतियार राखिन्छ । उनले हात हतियार राख्नाले जीवनमा गरिएको कुकर्मबाट बच्ने बताए । हतियार दानले कुनै पनि प्राणीको हत्या नगर्ने र अरुको हतियारबाट पनि मर्नु नपर्ने विश्वास रहेको उनले भने ।
यसैगरी दोश्रो तल्लो तहमा भाँडाकुँडा राखिन्छ । जीवनमा कहिले पनि गरगहना र भाँडाकुँडा अभाव नहोस भनेर गरिने कार्य भएको उनले बताए । तेस्रो तहमा अन्नको स्थान हुनेछ जुन १ हजार वर्षपछि खोज्दा पनि पाइने उनको विश्वास छ । अन्नदान गर्दा प्रेत लोकमा बास नहुने र भोकमरिबाट बच्ने विश्वास गरिन्छ ।

- ADVERTISEMENT -

Advertisement


यस्तै चौथो तहमा गरिने घ्यू दानले जीवनमा असफल हुन नपर्ने उनले बताए । शरीरले गरेको कुकर्मबाट मुक्ति पाउने साथै पुनर्जन्म हुने र सुन्दर रुप लिएर जन्म हुनेछ । पाँचौ र अन्तिम तहमा मूर्ति राखिनेछ । यसो गर्दा स्वयम् बुद्धको दर्शन हुने विश्वास रहिआएको उनको भनाइ छ ।
ठी राप्नेमा १५० जना बढी भक्तजनहरुले विभिन्न दान (हातहतियार, अन्न, भाँडाकुँडा, घ्यू र मूर्ति) हरु गरेका थिए । १५ सय वटा बुद्धको मूर्तिहरु राप्नेमा समावेश भएको बताइएको छ ।
उनका अनुसार विधिपूर्वक सम्पन्न भएको पूजामा छिट्टै नै ढलाइ कार्य सम्पन्न गरी कार्य अघि बढाइने जानकारी दिए । सो गुम्बामा लगत्तै ३ वटा बुद्धको मूर्ति प्रतिस्थापन कार्य गरिने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39