२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लामो समयसम्म खाडल नपुर्दा स्थानीय सास्ती भोग्न बाध्य

प्रकाशित मिति : २०७९ असार २५ गते
Photo : Halkaro

चितवन / कालिका नगरपालिकामा पदमपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि पाइप विच्छ्याउन खनिएका खाल्डाखुल्डी नपुर्दा स्थानीयलाई समस्या भएको छ । लामो समयसम्म खाल्डाखुल्डी नपुरिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
कालोपत्रे सडक समेत खनेर पाइप विच्छ्याइएको तर हालसम्म पनि अस्थायी रुपमा मात्रै पुर्ने काम भएको तर दीर्घकालीन मर्मत नभएको भन्दै खाल्डाखुल्डीले वर्षामा पानी जमेर हैरान हुने गरेको र घाम लाग्दा धुलो उडेकाले समस्या भएको स्थानीयको भनाइ छ ।
उपभोक्ता समितिका अध्यक्ष एवम् वडा अध्यक्ष समेत रहनुभएका लक्ष्मण पौडेलले भने ८÷९ वर्षदेखि काम गर्दै आएको र कन्स्ट्रक्सनकै क्रममा रहेको बताए । तर यो अन्तिम वर्ष भएको र पुरै सम्पन्न हुने उनको भनाइ छ ।
संघीय योजना अनुसार नगरपालिकाको वडानम्बर २,३,४ र ५ लाई खानेपानी पु¥याउने गरी काम भइरहेको उनले भने । साविक वडा नम्बर ३ र ४ मा पाइप विच्छ्याउने काम सकिएपछि सबै खाल्डाखुल्डी एकै पटक पुर्ने योजनामा रहेको उनले बताए ।
कुनै ठाउँमा बाँकी रहेपनि उपभोक्तालाई पानी खुवाएर छोड्ने दावी गरे । तर लामो समयसम्म पनि खाल्डाखुल्डी राम्रोसँग नपुरिदा स्थानीयले सास्ती खेपेका हुन् । अध्यक्षका अनुसार क्रसिङ गर्नुपर्दा खन्न बाध्य भएको र अहिले अस्थायी रुपमा खाल्डा पुरिएको छ ।
स्थानीयले खाल्डाखुल्डीको मर्मत नहुँदा दुर्घटनाको जोखिम समेत बढेको बताएका छन् । माटोले पुरिँदा चाँडै खाल्डा परेको र झन् समस्या भएको स्थानीयको भनाइ छ । वडाअध्यले भने खनिएको खाल्डाखुल्डी अस्थायी रुपमा पुरिएको र कतिपय ठाउँमा खानेपानीको मात्रै नभएर सिंचाईका लागि समेत खनिएको बताए ।
वडाले मात्रै नभएर सबै पक्ष सक्रिय भएर भएका समस्या समाधान गर्नतर्फ लाग्न आग्रह गर्दै काम नभएका ठाउँमा काम गर्न आफूले निर्देशन दिइसकेको वडाअध्यक्षले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45