September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सार्वजनिक गाडीको भाडा ७९ प्रतिशतले वृद्धि

July 12, 2022

काठमाडौं / यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडादरमा वृद्धि गरेको छ । विभागले सोमबार एक सूचना जारी गरी अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।
विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।