२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

हात–खुट्टा गुमाएकाले कृत्रिम अंग पाएपछि हर्षित

प्रकाशित मिति : २०७९ असार ३० गते
Photo : Halkaro

नवलपुर / नवलपुरमा कृत्रिम हात तथा खुट्टा उपलब्ध भएपछि हात–खुट्टा गुमाएकाहरूले नयाँ जीवन पाएका छन् । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र सिजीले संयुक्त रुपमा सञ्चालन गरेको सवल केन्द्रको स्थापनाले अंग नहुनेहरू कृतिम अंग फेरिएपछि आत्मनिर्भर भएका छन् । नवलपुरको कावासोती–१६ डण्डाका विकास तामाङको जन्मदै बायाँ खुट्टा थिएन् ।
तर पनि उनी अहिले स्वरोजगार छन् । खुट्टा नभएर केही गर्न सकिन्न कि भनेर निराश भएका तामाङ अहिले कृतिम खुट्टा पाएपछि आफू र आफ्नो परिवारको दैनिकी चलाउँदै आएका छन् । नवलपुरमा कृतिम हात तथा खुट्टा उपलब्ध भएपछि हात–खुट्टा गुमाएकाहरूले नयाँ जीवन पाएका हुन् ।
नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र सिजीले संयुक्त रुपमा सञ्चालन गरेको सवल केन्द्र स्थापनापछि अंग नहुनेहरू खुशी भएका छन् । अरूको सहारामा हिँडने गरेका तामाङ अहिले सोही सवल केन्द्रमा अरूको हाथ तथा खुट्टा जडान गर्ने कार्यमा लागेका छन् ।
तामाङ जस्तै नवलपुरको देवचुली नगरपालिका– ४ का जंगबहादुर रुचाल पनि कृतिम खुट्टाकै सहारामा कृषि पेशा गरिरहेका छन् । केही वर्षअघि सवारी दुर्घटनामा परेका रुचाललाई सवल केन्द्रले कृतिम खुट्टा जडान गरि दिएपछि उनी आफै कृषिको काम गर्न सक्ने भएका हुन् ।
तामाङ र रुचाल जस्तै ७३ जनाले सवल केन्द्रबाट कृतिम खुट्टा तथा हाथ जडान गरेर आफैं केही गर्न सक्ने भएका छन् । सवल केन्द्रको स्थापनापछि नवलपुरसहित बाहिरी जिल्लाका अपाङ व्यक्तिहरू पनि कृतिम हात तथा खुट्टा लगाउन आउने गरेको सवल केन्द्रका संयोजक गोविन्द रेग्मीले बताउनुभयो ।
चौधरी फाउण्डेसनले भगवान महावीर विकलाङ्ग सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा नेपालमा कृतिम हात खुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । अहिले नेपालका विभिन्न स्थानमा सवल केन्द्र स्थापना गरेर हात, खुट्टा नभएकाहरूले कृतिम हात, खुट्टा जडान गर्न पाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68