२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

चितवनका पत्रकार आचार्यमाथि साङघातिक आक्रमण

प्रकाशित मिति : २०७९ असार ३२ गते
Photo : halkaro
- ADVERTISEMENT -

चितवन / नारायणी अनलाइनका पत्रकार कृष्ण आचार्यमाथि साङघातिक आक्रमण भएको छ । आचार्यलाई नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार आक्रमण गरेका हुन् ।
प्राधिकरणका कर्मचारीहरु कार्यालयभित्रै मदिरा पिएर बसेको विषयमा रिपोर्टिङ गर्न गएका उनीमाथि आक्रमण भएको हो । मदिराले मात्तिएर बसेका कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खार नाघेर भागेर ज्यान जोगाउन सफल भएको उनका सहकर्मी राजु चौधरीले बताए ।
चौधरीले भने, ‘रिपोर्टिङका लागि जाँदा सहकर्मीमाथि साङघातिक आक्रमण भयो । उनले पर्खाल नाघेर भागेर ज्यान जोगाउन सफल भए ।’
आचार्य भागेर कार्यालाय नजिकै रहेको चितवन पोस्ट पुगेर ज्यान जोगाएको चौधरीले बताए । अचार्यको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनले लगाएको कपडा पनि विद्युतका कर्मचारीहरुले च्यातिदिएका थिए । ज्यान जोगाउन भागेर चितवन पोष्ट दैनिकको कार्यालय पुगेका कपडा पुरै च्यातिएको थियो ।
चितवनका पत्रकारहरुले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । आक्रमण गर्ने कर्मचारीहरु फरार छन् । घटनाको विषयलाई लिएर पत्रकार सम्बधसंघ संस्थाहरुले विरोध जनाएका छन् । नेपाल प्रेस युनियन चितवनले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
अध्यक्ष अनिल ढकालले दोषीलाई कारवाही गर्दै स्वतन्त्र प्रेसको मर्यादा राख्न माग गरे । उनले भने ‘पत्रकार माथि कर्मचमरीले मादक पदार्थ सेवन गरेर गरिएको यो घटना पत्रकारीता माथिको आक्रमण हो । दोषीलाई कारवाही गरी कानुनी राज्यको प्रत्याभूत गराउनु पर्छ ।’ यस्ता घटना राज्यपक्षबाट नरोक्किय चरणवद्व आन्दोलन गर्ने उनले चेतावनी दिए ।

- ADVERTISEMENT -