२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका पत्रकार आचार्यमाथि साङघातिक आक्रमण

प्रकाशित मिति : २०७९ असार ३२ गते
Photo : halkaro

चितवन / नारायणी अनलाइनका पत्रकार कृष्ण आचार्यमाथि साङघातिक आक्रमण भएको छ । आचार्यलाई नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार आक्रमण गरेका हुन् ।
प्राधिकरणका कर्मचारीहरु कार्यालयभित्रै मदिरा पिएर बसेको विषयमा रिपोर्टिङ गर्न गएका उनीमाथि आक्रमण भएको हो । मदिराले मात्तिएर बसेका कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खार नाघेर भागेर ज्यान जोगाउन सफल भएको उनका सहकर्मी राजु चौधरीले बताए ।
चौधरीले भने, ‘रिपोर्टिङका लागि जाँदा सहकर्मीमाथि साङघातिक आक्रमण भयो । उनले पर्खाल नाघेर भागेर ज्यान जोगाउन सफल भए ।’
आचार्य भागेर कार्यालाय नजिकै रहेको चितवन पोस्ट पुगेर ज्यान जोगाएको चौधरीले बताए । अचार्यको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनले लगाएको कपडा पनि विद्युतका कर्मचारीहरुले च्यातिदिएका थिए । ज्यान जोगाउन भागेर चितवन पोष्ट दैनिकको कार्यालय पुगेका कपडा पुरै च्यातिएको थियो ।
चितवनका पत्रकारहरुले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । आक्रमण गर्ने कर्मचारीहरु फरार छन् । घटनाको विषयलाई लिएर पत्रकार सम्बधसंघ संस्थाहरुले विरोध जनाएका छन् । नेपाल प्रेस युनियन चितवनले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
अध्यक्ष अनिल ढकालले दोषीलाई कारवाही गर्दै स्वतन्त्र प्रेसको मर्यादा राख्न माग गरे । उनले भने ‘पत्रकार माथि कर्मचमरीले मादक पदार्थ सेवन गरेर गरिएको यो घटना पत्रकारीता माथिको आक्रमण हो । दोषीलाई कारवाही गरी कानुनी राज्यको प्रत्याभूत गराउनु पर्छ ।’ यस्ता घटना राज्यपक्षबाट नरोक्किय चरणवद्व आन्दोलन गर्ने उनले चेतावनी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39